पोखरा फाइनान्सको लाभांश स्वीकृति

Post Date : September 23, 2016 | 1:08 pm

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई १३.७६ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति दिएको छ ।

फाइनान्सले १३.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांशको वितरण गर्नको लागि राष्ट्र बैंकसंग स्वीकृतिको माग गरेको थियो ।

उक्त लाभांश फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ३० करोड २२ लाख रुपैया पुग्नेछ ।

फाइनान्सले आ.व. २०७२।७३ मा १ अर्ब ९७ करोड ७७ लाख रुपैया निक्षेप संकलन, १ अर्ब ४० करोड २५ लाख रुपैया कर्जा प्रवाह गरी ७ करोड ९१ लाख रुपैंया खूद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *