प्रभु मनि ट्रान्सफर र एफ.आई.ए. टेक्नोलोजीबीच सम्झौता

Post Date : July 7, 2016 | 10:53 am

काठमाडौं, २३ असार । प्रभु मनि ट्रान्सफर र भारतीय कम्पनी एफ.आई.ए. टेक्नोलोजी प्रा.लि. बीच रेमिट्यान्स सम्बनधी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्सफरको तर्फबाट उपाध्यक्ष कुसुम लामा र एफ.आई.ए. टेक्नोलोजीको तर्फबाट वित्त तथा अपरेशन प्रमुख प्रदीप मेहताले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापश्चात भारतबाट नेपालमा रेमिट्यान्स पठाउनको लागि प्रभु मनि ट्रान्सफर इन्डियाको सहकार्यमा एक दर्जनभन्दा बढी कम्पनीहरूले संकलन गरेको रकम नेपालमा प्रभु मनि ट्रान्सफरको भुक्तानी केन्द्रहरूमार्फत सजिलै रकम लिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *