प्रोग्रेसिभ फाइनान्सले वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्त गर्ने

Post Date : June 10, 2016 | 12:32 pm

काठमाडाैं, २८ जेठ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले समस्याग्रस्त वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्त गर्ने भएको छ ।

वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको अझै पनि ९८.८० प्रतिशत कर्जा खराब रहेको छ । कर्जा २७ करोड २८ लाख ५२ हजार रुपैया रहेको वल्र्ड मर्चेन्टको निक्षेप २६ करोड ४० लाख ६६ हजार रुपैया रहेको छ । समस्याग्रस्त हुनुअघि वल्र्ड मर्चेन्टको ५१ करोड ९१ लाख रुपैया निक्षेप र ७१ करोड १२ लाख रुपैया कर्जा रहेको थियो ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको भने चालु आ.व.को चैत मसान्तमा २ करोड ६० लाख रुपैया खुद मुनाफा गरेको छ । यसै अवधिका निक्षेप संकलन ३७ करोड १२ लाख रुपैया निक्षेप संकलन गरी ३९ करोड ६९ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *