फाइनान्सद्वारा पन्ध्र करोड मुनाफा

Post Date : August 17, 2016 | 5:24 pm

विराटनगर, १ भदौ । सिर्जना फाइनान्स लिमिटेड विराटनगरले गत आवमा रु १५ करोड सञ्चालन मुनाफा गरेको छ ।

सो फाइनान्सले रु छ करोड राजस्व समेत बुझाएको छ । उक्त फाइनान्सको चुक्ता पुँजी रु २० करोड १६ लाख तथा जगेडा कोषमा रु १७ करोड रहेको संस्थाका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिनुभयो । निक्षेप रु दुई अर्ब २५ करोड र कर्जा रु दुई अर्ब रहेको छ । फाइनान्सले आगामी साधारणसभाबाट सेयर सदस्यलाई ५० प्रतिशत बोनस दिने तयारी गरेको छ ।

फाइनान्सले आजदेखि सप्तरीको कल्याणपुरमा आठाँैं शाखा सञ्चालनमा ल्याएको छ । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले सो शाखाको उद्घाटन गर्नुभएको हो । विसं २०७४ पुसभित्र १२ ठाउँमा शाखा स्थापना गर्ने फाइनान्सको लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईंले बताउनुभयो । उक्त फाइनान्सको ४० हजारभन्दा बढी ग्राहक रहेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *