फेवा विकास बैंकको नया शाखा लेखनाथको तालचोकमा

Post Date : October 3, 2016 | 11:52 am

कास्की, १७ असोज । फेवा विकास बैंकले कास्की जिल्लाको लेखनाथ नगरपालिकास्थित तालचोकमा शाखा विस्तार गरी कारोवार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको छ । नया शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाह, एबीबीएस सेवा, एटिएम, रेमिट्यान्स सेवा लगायतका सम्पूर्ण सेवा दिने बैंकले जनाएको छ ।

बैंकको हाल २९ शाखा कार्यालय रहेको छ । फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच एकआपसमा मर्ज हुने सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *