भार्गव विकास बैंकको २० प्रतिशत बोनस शेयर स्वीकृत

Post Date : February 3, 2017 | 1:20 pm

काठमाडौँ, २१ माघ । भार्गव विकास बैंकको गत आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफा २ करोड ५८ लाख रुपैयाँ मध्येबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकको आगामी वार्षिक साधारण सभाबाट बोनस शेयर वितरण सम्बन्धी प्रस्ताव पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

भार्गव विकास बैंकको हाल चुक्ता पूँजी १२ करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ पुग्नेछ । बोनस शेयर जारी गरेपछि कायम हुन आउने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव बैंकको आठौँ वार्षिक साधारण सभाले गरिसकेको छ । हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी २८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *