राष्ट्रिय वाणिज्य बैंकले यसै आवभित्र ३० प्रतिशत शेयर निष्काशन गर्ने

Post Date : January 20, 2017 | 3:30 pm

काठमाडौँ, ७ माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७३।७४ भित्र सर्वसाधारणका लागि ३० प्रतिशत शेयर निष्काशन गर्ने जनाएको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा अनिवार्य रुपमा ३० प्रतिशत सर्वसाधारण शेयर जारी गर्नु पर्ने व्यवस्था भए पनि जारी भएको थिएन । बैंक संचालक समितिले यसअघि नै ३० प्रतिशत शेयर जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएकोमा तत्कालीन सरकारले सहमति नदिएकोले रोकिएको थियो । हाल सरकारले ३० प्रतिशत सर्वसाधारण शेयर निष्काशन गर्न स्वीकृति दिइसकेको बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल १ सय ७१ शाखा, ९० एटिएम, १७ एक्सटेन्सन काउण्टर र ७५ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन् ।

बैंकमा हाल २ हजार २ सय ३१ जना कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *