शेयर किन्नेको बैंक खातामै रकम रोक्का

Post Date : November 10, 2016 | 11:56 am

काठमाडौँ, २५ कात्तिक । नेपाल धितोपत्र बोर्डले आगामी माघ महिनादेखि साधारण शेयर (आइपिओ) मा लगानी गर्न चाहेको रकम व्यक्तिको बैंक खातामा रहने व्यवस्था गर्न लागेको हो ।

शेयर बाँडफाँड भएपछि शेयर पाउने लगानीकर्ताको खाताबाट शेयर निष्काशन कम्पनीको खातामा रकम ट्रान्सफर हुने र शेयर नपाए रोक्का रकम फुकुवा हुनेछ । त्यसका लागि शेयर खरिदकर्ताले बोर्डले तोको ढाँचाअनुसार विद्युतीय रूपमा आवेदन दिनु पर्नेछ ।

माघ महिनाबाट आस्ना प्रणाली लागू गरेपछि शेयर निष्काशन प्रक्रिया सरल, व्यवस्थित, पारदर्शी र छिटो हुने हुनाले बजारमा संरचनात्मक परिवर्तन हुने धितोपत्र बोर्डले विश्वास लिएको छ ।

हाल शेयर निष्काशनदेखि शेयर बाँडफाँडसम्म ७० दिनसम्म लाग्ने गरेकोमा अब २० दिनभित्र गर्न सक्ने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *