शेयर बजार दोहोरो अंकले वृद्धि

Post Date : May 18, 2016 | 6:07 pm

नेप्से शेयर बजार परिसूचक १२.७३ विन्दुले बढेर १४९६.४१ विन्दुमा पुगेको छ । हिजो नेप्से १४८३.६८ विन्दुमा थियो । आज १४,२३,४५६ कित्ता शेयरबाट ४४५२ कारोबार भई १ अर्ब २ करोड ७० लाख १८ हजार १९६ रुपैयाको कारोबार भयो । सबैभन्दा बढी बिमा कम्पनीहरूको कारोबारमा १०९.५२ विन्दुले वृद्धि भएको छ । बिमा तर्फ कुल कारोबार ३९ करोड ३२ लाख ३९ हजार रुपैयाको कारोबार भएको छ । त्यस्तै बैंकिङ्ग समूह तर्फ १५.२७ विन्दुले वृद्धि भई ४० करोड ३९ लाख ८१ हजार रुपैयाको कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *