सिइओको कार्यकाल तोक्ने व्यवस्था खारेज गर्न सुझाव

Post Date : September 18, 2016 | 7:44 am

काठमाडौं, १ असोज । व्यवस्थापिका संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्था (बाफिया) सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे सरोकारवाला पक्षसँग सुझाव लिएको थियो ।

अर्थ समितिको बैठकमा अर्थमन्त्रालयका सचिव सहित नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका बैंकका प्रमुख एवं प्रतिनिधिहरू उपस्थित भई आफ्नो सुझाव पेश गर्नु भएको थियो । निजी क्षेत्रका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिले बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल र संचालकको योग्यता तोक्न नहुने सुझाव दिनु भएको थियो ।

अर्थ समितिले पूर्व अर्थमन्त्री र पूर्व गभर्नरहरूसँग पनि राय सुझावको लागि आइतबार बैठक बस्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *