सिद्धार्थ बैंकले थप १० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : July 3, 2017 | 1:15 pm

काठमाडौँ, १९ असार । सिद्धार्थ बैंकको विशेष साधारण सभाले शेयरधनीलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पूँजीको १० प्रतिशत अर्थात १० बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा निक्षेप संकलन ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ गरी ९५ करोड ७० लाख रुपैयाँ खुन मुनाफा गरेको छ ।

बैंकको हाल ७० वटा शाखा, २ एक्सटेन्सन काउण्टर, ९० वटा एटिएम र ७० वटा शाखारहित बैंकिङ सेवा केन्द्रबाट बैंकिङ सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *