हकप्रद शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने

Post Date : May 15, 2016 | 6:29 am

नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ को उपनियम ७ बमोजिम क्रेडिट रेटिङ गर्न नपर्ने गरी निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले २०७३ सालको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी २०७४ असार मसान्तसम्म बढाउनु पर्ने वाध्यकारी निर्देशन जारी गरेपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको पूँजी बढाउन हकप्रद शेयर निष्काशन प्रक्रिया अत्यधिक मात्रामा बढ्ने भएकोले एउटै मात्र क्रेडिट रेटिङ कम्पनीले काम गरेर भ्याउन सक्ने अवस्था छैन । अहिले रेटिङ गर्न महिनौसम्म कुर्नु पर्ने वाध्यता थियो ।

नेपाल राष्ट्र बैंक, बैंकर्स संघ लगायतका सरोकार संस्थाको आग्रहमा ६ वटा शर्तसहित हकप्रद शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ नगरे पनि हुने निर्णय गरेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अनुसार रेटिङ नगरीकनै हकप्रद शेयर जारी गर्न पूरा गर्नुपर्ने शर्तमा – सूचीकृत कम्पनीले अंकित मूल्यमा नै हकप्रद शेयर निष्काशन गर्नु पर्ने, हकप्रद निष्काशन गर्ने कम्पनीको प्रति शेयर नेटवर्थ एकसय रुपैया भन्दा बढी हुनु पर्ने र अंकित मूल्यभन्दा बजार मूल्य बढी भएको हुनु पर्नेछ ।
त्यस्तै हकप्रद जारी गर्ने कम्पनी विगत ५ वर्षदेखि संचालनमा रही कम्तीमा ३ वर्ष मुनाफा कमाएको हुनु पर्ने, एनपीए नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनु पर्ने र हकप्रद निष्काशन गर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भई कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भएको हुनु पर्नेछ ।

यसले हकप्रद शेयर जारी गर्ने संस्थालाई निकै सजिलो पर्ने बैंकर्सहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *