नेप्से परिसूचक १८८१ विन्दुमा, २ अर्बभन्दा बढीको कारोवार कायमै

Post Date : July 27, 2016 | 6:29 pm

काठमाडाैं, १२ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १४.९५ अंकले बढेर १८८१.४५ बिन्दुमा पुगेको छ । कुल १०७९३ कारोवारबाट ४३ लाख ८८ हजार ७९८ कित्ता शेयर किनबेच भई २ अर्ब २६ करोड ६४ लाख ९४ हजार १६२ रुपैयाको कारोवार भएको छ ।

बीमा समूह, उत्पादन समूह र अन्य समूहको शेयर कारोवार अोरालो लागेको छ भने अरु सबै समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको १५.५१ अंकले बढेर १ अर्ब १४ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १९५.३७ अंकले बढेर ४ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ३३.१८ अंकले बढेर ३६ करोड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४५.३१ अंकले बढेर १३ करोड ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ५.२१ अंकले बढेर १४ करोड ७० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

बीमा कम्पनीहरुको २३.११ अंकले घटेर ३१ करोड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको १३.१४ अंकले घटेर ८ लाख ७२ हजार ५२० रुपैयाको मात्रै कारोवार भएको छ भने अन्य समूहको ७.२२ अंकले घटेर २ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ११ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंक लिमिटेडको करिब ९ कराेड ८० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *