पूर्णिमा विकास बैंकले २ बराबर १ को अनुपातमा हकप्रदक शेयर विष्काशन गर्ने

Post Date : August 1, 2016 | 2:01 pm

काठमाडौं, १७ साउन । पूर्णिमा विकास बैंकले २ बराबर १ को अनुपातमा हकप्रदक शेयर विष्काशन गर्ने भएको छ । बैंकले रु १००/– अकित १० लाख ८ हजार पाँचसय ५९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको साउन १९ गतेसम्म शेयर किन्नेले हकप्रदक शेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले भदौ १ गतेदेखि असोज ४ गतेसम्मका लागि हकप्रद शेयर बिक्रिको समयसीमा तोकेको छ । बैंकको हकप्रद शेयर निष्काशनपछि चूक्ता पुँजी ३० करोड २५ लाख ६३ हजार रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *