अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमको विभिन्न सहुलियत सेवाहरु

Post Date : March 7, 2017 | 5:01 pm

काठमाडौँ, २४ फागुन । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म कायम रहनेछ ।

यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् ।

फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *