अरनिको डेभलपमेन्ट बैंकको खुद नाफा ५ करोड ८४ लाख

Post Date : July 31, 2016 | 10:43 am

काठमाडौं, १६ साउन । अरनिको डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा ५ करोड ८४ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ मा ३ करोड १३ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले गत आ.व.मा २ अर्ब १ करोड रुपैया निक्षेप संकलन गरी १ अर्ब ७६ करोड रुपैया कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व. २०७१/७२ भन्दा निक्षेप तर्फ ३९ करोड ९० लाख रुपैया र कर्जा तर्फ ५० करोड रुपैयाले बढी हो ।

बैंकको गएको आर्थिक वर्षमा खराब कर्जा २.२२ प्रतिशत थियो भने आ.व. २०७२/७३ मा घटाएर ०.९८ प्रतिशतमा ल्याउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *