अमेरिकाको मेरिरल्याण्डमा नेपाली भाषालाई मान्यता

Post Date : September 22, 2016 | 11:33 am

काठमाडौं, ६ असोज । अमेरिकाको मेरिरल्याण्ड राज्यमा नेपाली सावारी चालक अनुमतिपत्र लिनका लागि नेपाली भाषामा परीक्षा दिन पाउने भएका छन् । मेरिल्याण्ड राज्यले हालै मात्र नेपाली भाषामा चालक हातेपुस्तिका प्रकाशनमा ल्याएको छ । यस राज्यमा १३ हजार नेपाली आप्रवासी रहेको अमेरिकी तथ्याङ्कले देखाएको छ । यो नयाँ नियम मेरिल्याण्डमा २०१६ अक्टोबरको मध्यदेखि लागू हुने भएको छ ।

मेरिरल्याण्ड राज्यको कम्प्युटर प्रविधिमा नेपाली भाषाको सेटिङ गर्ने काम भइरहेको मोटर भेइकल एडमिनिस्टे«सनले जनाएको छ ।

मेरिरल्याण्डले सवारी अनुमति पत्रका लागि नेपाली भाषालाई मान्यता दिने अमेरिकाको पहिलो राज्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *