आईसिएफसी फाइनान्स र बुम रेमिट्यान्सबीच सम्झौता

Post Date : February 4, 2017 | 6:54 pm

काठमाडौँ, २२ माघ । आईसिएफसी फाइनान्स लिमिटेड र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्सका वरिष्ठ प्रबन्धक अमित श्रेष्ठ र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम आईसिएफसी फाइनान्सका साथै शाखामार्फत भुक्तानी गर्नुका साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक रेमिट्यान्स पठाउने तथा भुक्तानी गरिने जनाएको छ । बुम रेमिट्यान्सको नेपालका ७५ वटै जिल्लामा चार हजार एकसयभन्दा बढी प्रतिनिधि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *