बैंक तथा बीमा कम्पनीहरूको कारोवारले नेप्से परिसूचक उकालोतिर

Post Date : August 28, 2016 | 6:47 pm

काठमाडाैं, १२ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.६१ अंकले बढेर १७४८.२३ बिन्दुमा पुगेको छ । कुल ६२६० कारोवारबाट १३ लाख १५ हजार ६४७ कित्ता शेयर किनबेच भई १ अर्ब ३५ करोड ९१ लाख ७३ हजार २३४ रुपैयाको कारोवार भएको छ ।

अाज साताको पहिलो दिन होटल र जलविद्युत समूह बाहेक अरु सबै समूहको नेप्से परिसूचकमा सुधार अाएको छ ।

वाणिज्य बैंकहरुको २३.७८ अंकले बढेर ६३ करोड ६९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १०.६८ अंकले बढेर ११ करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १५.३४ अंकले बढेर १ करोड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ५७.२६ अंकले बढेर ४९ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ८.०५ अंकले बढेर १ करोड ९ लाख ७५ हजार २०० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको २.०३ अंकले बढेर ७१ लाख २५ हजार ९४० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको २०.९३ अंकले घटेर ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १२.१७ अंकले घटेर २ करोड ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एनअाइसी एशिया बैंक लिमिटेडको ११ कराेड ३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *