उनन्साठी संस्थाद्वारा होमस्टे कार्यक्रम सञ्चालन

Post Date : July 14, 2016 | 4:50 pm

पोखरा, ३० असार । पर्यटन कार्यालय, पोखरामा दर्ता भई हालसम्म विभिन्न ५९ वटा संस्थाले घरवास (होमस्टे) कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

होमस्टे कार्यविधि निर्देशिका, २०६७ अनुसार पहिलो पटक २०६७ पुस १७ मा सार्दी खोला काभ्रे होमस्टे पर्यटन कार्यालयमा दर्ता भएको थियो । गण्डकी र धवलागिरि अञ्चलअन्तर्गतका मनाङ र मुस्ताङ बाहेकका आठ जिल्लामा ५९ वटा होमस्टे संस्था दर्ता भई सञ्चालनमा छन् ।

पर्यटन कार्यालयका प्रमुख डोलराज ढकालका अनुसार घरवास कार्यक्रमले आन्तरिक पर्यटनमा मद्दत पुगेको छ । घरवास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्ने ढाकालको भनाइ छ । “पर्यटकलाई एक/दुई दिन भुलाउन सक्ने गरी व्यवस्थापन गर्न सके घरवास कार्यक्रमको प्रभावकारिता बढ्ने छ,” उहाँले भन्नुभयो ।

घरवास कार्यक्रमसहित गण्डकी तथा धवलागिरि क्षेत्रमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माणका लागि आव २०७२/७३ मा रु १० करोड लगानी गरिएको बताइएको छ । रासस (फोटो: www.itournepal.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *