ओम डेभलपमेन्ट बैंकको २६ औं शाखा जोमसोममा

Post Date : December 12, 2016 | 1:42 pm

काठमाण्डौं, २७ मंसिर । ओम डेभलपमेन्ट बैंकले मुस्ताङ जिल्लाको जोमसोममा २६ औं शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गर्नु भएको छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट शेयरधनीलाई २९ दशमलब २० प्रतिशत बोनस शेयर दिने गरेको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिइसकेको छ । बैंकको आगामी साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपछि कार्यनवयनमा आउनेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमाससम्म १२ अर्ब ३२ करोड रुपैंया निक्षेप संकलन र १० अर्ब ७८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *