एनआईसी एसिया बैंकका थप नौ शाखा विस्तार

Post Date : May 18, 2017 | 11:29 am

काठमाडौँ, ४ जेठ । एनआईसी एसिया बैंकले देशका विभिन्न नौ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले छुट्टाछुट्टै कार्यक्रम गरी ती नौवटा शाखाको उद्घाटन गरेको हो ।

ती विस्तारित शाखामध्ये रुपन्देहीको सौ–फर्साटिकर शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, धकधई शाखाको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, भुमही शाखाको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य भीमबहादुर थापाले उद्घाटन गर्नु भएको हो ।

त्यस्तै, बौसमढी शाखाको नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेल, पर्सा शाखाको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ र टाँडी शाखाको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले उद्घाटन गर्नु भएको छ ।

बैंकका अनुसार दुलेगौंडा र भिमाद शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित र हाकिमचोक शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गर्नु भएको छ । यी शाखासँगै बैंकको कुल शाखा संख्या एकसय सात पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *