एनआईसी एसिया बैंकको तेस्रो त्रैमासिकमा १ अर्ब १३ करोड खुद मुनाफा

Post Date : April 25, 2017 | 10:00 pm

काठमाडौँ, १२ वैशाख । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले ७८ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ६७ अर्ब २५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरी उक्त रकम खुद मुनाफा आर्जन गरेको हो ।

बैंकको सोही अवधिमा निस्क्रिय कर्जा ०.४६ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.२६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ६ करोड ५२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *