सिद्धार्थ डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुभारम्भ

Post Date : June 10, 2016 | 3:01 pm

काठमाडाैं, २८ जेठ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले, सिद्धार्थ डेभलपमेण्ट बैंक लि, एकता विकाश बैंक लि.र नेपाल आवास फाईनान्स लि. एक आपसमा गाभिएर मिति २०७३/०२/२८ गते देखि सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नाममा एकिकृत कारोबार शुभाारम्भ गरेको छ । एकिकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन माननीय अर्थमन्त्री श्री बिष्णु प्रसाद पौडेलज्यूले एक कार्यक्रमका बीच सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय तीनकुनेमा गर्नुभयो ।

सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकले बित्तीय संस्थाको लागि आबश्यक न्यूनतम चुक्त्ता पूँजीको ब्यबस्था गरे पश्चात राष्ट्र बैंकको पूँजी योजनालाई स्वागत गर्दै मर्जर सम्झौता गर्ने पहिलो विकाश बैंक हो । मर्जर पश्चात बैंकको चुक्त्तापूँजी रु ११४ करोड, ३३ शाखा कार्यालय, १२ अर्ब निक्षेप, १० अर्ब कर्जा लगानीको साथमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड देशकै दोस्रो ठूलो विकास बैंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *