निर्धन उत्थान बैंकको वार्षिक साधारण सभा सम्पन्न

Post Date : November 28, 2016 | 2:24 pm

काठमाडौँ, १३ मङ्सिर । निर्धन उत्थान बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७२।७३ को असार मसान्त सम्मको चुक्ता पूँजी ५० करोड रुपैयाँको ११.५८ प्रतिशतले हुन आउने ५ करोड ७८ लाख १४ हजार ७ सय ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेको छ ।

साथै सभाले चुक्ता पूँजी ५० करोड रुपैयाँको २० प्रतिशतले हुने १० करोड रुपैयाँ बोनस शेयर जारी गरी चुक्ता पूँजी ६० करोड रुपैयाँ पुरयाउने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *