एनएमबि बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Post Date : January 29, 2018 | 9:11 pm

काठमाडौँ, १० माघ । एनएमबि बैंकले आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३% भन्दा बढिले वृद्घि गरी रु. १ अर्ब कटाउन सफल भएको छ ।

त्यसैगरी बैंककोे आ.व.२०७४/७५ मा निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च विक्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १.६७% बाट झारेर १.२० % मा पुरयाएको छ ।

हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *