एनएमबि बैंकले पायो IFC Trade Award

Post Date : May 30, 2018 | 2:22 pm

काठमाडौँ, १६ जेठ । आठौँ आइएफसी ट्रेड अवार्डमा एनएमबि बैंकले “Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । Global Trade Finance Program 2017 मा बैंकले गरेको सहकार्यका लागि Regional Financial Institutions Group, IFC का ज्भबम – Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका सिइओ सुनिल के.सी.लाई सो अवार्ड प्रदान गरिएको बैंक द्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

IFC Trade Awards को प्राप्तिले एनएमबि बैंकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठूलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ । एनएमबि बैंकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै ऊर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा विभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

IFC Trade Awards को प्राप्तीसँगै यस बर्ष एनएमबि बैंकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ । जसमा The Bank of the Year 2017 – The Financial Times, London र Certificate of Merit – Frost and Sullivan समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *