एनएमबी माइक्रोफाइनान्सले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने

Post Date : September 7, 2016 | 8:31 am

काठमाडौं, २२ भदौ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा २ करोड ९८ लाख ४२ हजार रुपैया मध्येबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने जनाइएको छ । संस्थाको चुक्ता पूँजी ७ करोड ४१ लाख ५२ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *