ओम डेभलपमेण्ट बैंकको २९.२० प्रतिशत लाभांश स्वीकृत

Post Date : November 27, 2016 | 2:48 pm

काठमाडौँ, १२ मङ्सिर । ओम डेभलपमेण्ट बैंकको संचालक समितिले प्रस्ताव गरेको २९.२० प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको उक्त बोनस शेयर बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने जनाएको छ ।

बोनस शेयर बितरणपछि बैंकको चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख रुपैयाँ पुग्नेछ । बैंकले गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंकसँग मर्जरका लागि सैद्धान्तिक सहमती गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको जनाएको छ । मनास्लु विकास बैंकसँगको मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्ष २०७३।७४ भित्रै हकप्रद शेयर जारी गरी बोनस शेयर र मुनाफा वितरण गरी चुक्तापूँजी राष्ट्र बैंकले तोकिए अनुसार २ अर्ब ५० करोड रुपैयाँ पुरयाउने बैंकको योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *