ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौँको बौद्धमा

Post Date : March 28, 2017 | 3:07 pm

काठमाडौँ, १५ चैत । ओम डेभलपमेन्ट बैंकले काठमाडौँको बौद्धमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको ३१ औँ शाखा हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म १२ अर्ब ९९ करोड ५० लाख निक्षेप संकलन र ११ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब ६४ प्रतिशत रहेको छ । त्यस्तै चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४५ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

बैंकले हेटौंडादेखि दाङसम्म शाखा खोल्ने तयारी गरिरहेको छ ।

बैंकले मनास्लु विकास बैंकसँग मर्जरको अन्तिम चरण पुगिसकेको र यसै आर्थिक वर्षभित्र मर्ज भइसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *