सुन प्रतितोला रु तीन हजारले वृद्धि

Post Date : June 24, 2016 | 5:14 pm

काठमाडौं, १० असार । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेर अहिले मूल्य वृद्धिमा अहिले सम्मकै नयाँ रेकर्ड बनेको छ ।

सुनको मूल्य बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा सुन आज एकैदिन ३ हजारले बढेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोवार भएको छ ।

यो साता सामान्य घटबढ भइरहेको सुनको एकैपटक मूल्यमा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहरिने पक्का पक्की भएपछि सेयर बजारमा पाउण्ड स्टर्लिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा असर परेको हो ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत यूरोपियन यूनियनबाट अगल हुने जनमत प्रकट भएलगत्तै सुनबजारमा यो तिब्र वद्धि भएको बताए । नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको हो । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।

हिजो अन्तर्राष्ट्रिय बजारमा प्रति औंश १२ सय ६३ डलरमा कारोबार भएको सुन आज एकैपटक १३ सय ३६ डलरमा पुगेको छ ।

‘बेलुकीसम्म अमेरिकी मार्केट पनि खुल्छ । त्यसपछि सुनको मूल्य अझै घट्छ कि बढ्छ भन्ने निश्चित गर्न सकिन्छ’ शाक्यले भने बेलायतको निर्णयले अन्तर्रा्ष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकाले अमेरिकाको मार्केट खुल्ने प्रतिक्षामा हामी छौं ।

यसैबीच आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको मूलय बढेर ८ सय २० रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *