महालक्ष्मी विकास बैंकको शाखा बझाङ्ग र बाजुरामा विस्तार

Post Date : April 26, 2018 | 5:59 pm

बाजुरा, १३ वैशाख । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा वैशाख ११ गते बझाङ्ग जिल्लाको चैनपुर शाखा र वैशाख १३ गते बाजुरा जिल्लाको मार्तडी शाखाको औपचारिक उदघाटन गरेको जानकारी प्रेस विज्ञप्तीमार्फत दिएको छ । बैँकको चैनपुर शाखाको उदघाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख श्री विरेन्द्र बहादुर खड्काले तथा मार्तडी शाखाको उदघाटन बडिमालिका नगरपालिकाका नगर प्रमुख श्री पदम बडुवालले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गर्नुभएको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गर्नुभएको उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ । साथै वहाँले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धतासमेत गर्नुभयो ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पूँजी भएको महालक्ष्मी विकास बैँक लिमिटेडले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *