किसान किबीखेतीतर्फ आकर्षित

Post Date : April 11, 2017 | 5:22 pm

दोलखा, २९ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् ।

किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई किबी पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ ।

किबीखेतीसँगै यहाँ अलैँचीका बिरुवा वितरण गरी कार्यक्रम सञ्चालन गरिएको छ । बाह्र हजारभन्दा बढी किबीका बिरुवा किसानलाई वितरण गरिएको जिरी सेवा केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिनुभयो ।

कृषिलाई आधुनिकीकरण गरी किसानलाई कृषिमा नै आत्मनिर्भर गराई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजना लागू गरिएको हो । पकेट क्षेत्रका किसानलाई प्रत्यक्ष सहभागी गराउनका लागि अहिले कृषि विकास कार्यालयले बिरुवा वितरणदेखि मल, आवश्यक थाक्रा, कृषि औजारलगायत सामग्री आधा मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

किबी फल भण्डारणका लागि चिस्यान केन्द्रको समेत व्यवस्था गर्ने कार्यालयले जनाएको छ । सामूहिक रुपमा खेती गर्न चाहने समूहलाई विशेष प्राथमिकता दिएपछि किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *