कुमारी बैंकलाई चार संस्था एक्वायर गर्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

Post Date : February 1, 2017 | 1:30 pm

काठमाडौँ, १९ माघ । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमान्चल फाइनान्स कम्पनी, महालक्ष्मी विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई एक्वायर गर्नका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।

साथै, उल्लेखित चार बैंकको डिडिए मूल्यांकनबाट आएको शेयर स्वाप रेसियो प्रति शेयर ८५ रुपैयाँका दरले एक्वायर गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

चार वटा संस्थाको एक्वायरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ हुने, बैैकले तत्काल जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर बापत १ अर्ब ३५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७२।७३ को नाफाबाट वितरण प्रस्ताव गरेको २१ प्रतिशत बोनस शेयर वापत प्राप्त ५७ करोड रुपैयाँ समेत गरी ६ अर्ब २७ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *