ग्रीन डेभलपमेन्ट बैंकले १ बरार ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : April 7, 2017 | 11:26 am

काठमाडौँ, २५ चैत । ग्रीन डेभलपमेन्ट बैंकले १ बरार ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले रु.१००।– अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा ग्रीन डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बैकुण्ठराज लितिमिल्सिना र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नु भएको छ ।

बैंकको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *