राष्ट्र बैंकको २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल माघ २४ गते

Post Date : February 5, 2017 | 5:03 pm

काठमाडौँ, २३ गते । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले २५ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिलको बोलकबोल माघ २४ गते सोमबार गर्ने भएको छ । ट्रेजरी बिल २०७४ बैशाख २६ गते परिपक्व हुनेछ ।

यसअघि माघ १७ गते बैंकले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिन २५ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान भएकोमा २ अर्ब ३० करोड रुपैयाँको वाणिज्य बैंकहरूबाट माग भएको थियो । सो रकम बराबरको ट्रेजरी बिल २ दशमलब ६३२० प्रतिशतमा बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *