ग्लोबल आइएमई बैंकद्वारा बनेपा र दमौलीमा एटिएम विस्तार

Post Date : July 14, 2016 | 11:30 am

काठमाडौं, ३० असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपभोग गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ एटिएम सेवा विस्तार गरेको जनाएको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएको एटिएमसँगै बैंकको एटिएम संख्या ९९ पुगेको छ । बैंकले ९१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर र ४० वटा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *