जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता

Post Date : April 11, 2017 | 9:31 am

काठमाडौँ, २९ चैत । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझी र सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले हस्ताक्षर गर्नु भएको बैंकले जनाएको छ ।

जनता बैंकले त्रिवेणी विकास बैंकसँग मर्जर सम्पन्न गरी एकीकृत कारोवार शुरु गरिसकेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकले गाभेपछि र चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैंकको निक्षेप संकलन ५५ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५० अर्ब रुपैयाँ पुग्ने जनाइएको छ । बैंकको रजिष्टर्ड कार्यालय काठमाडौँको थापाथलीस्थित बिजनेस पार्कमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *