जनता बैंक नेपालको नाफा ३२ करोड ५३ लाख रुपैया

Post Date : August 7, 2016 | 11:12 am

काठमाडौं, २३ साउन । जनता बैंक नेपाल लिमिटेडले आ.व. २०७२/७३ मा ३२ करोड ५३ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ मा भने १५ करोड ३ लाख रुपैया खुद मुना गरेको थियो । २०७३ असार मसान्तसम्म बैंकले २४ अर्ब ६ करोड निक्षेप संकलन र २० अर्ब ४७ करोड रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको आ.व. २०७२/७३ मा निस्क्रीय कर्जा अनुपात १.१५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *