जर्मनी ३–० को जित हासिल गर्दै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश

Post Date : June 26, 2016 | 11:41 pm

फ्रान्स, १२ असार । युरोकप २०१६ को प्रिक्वाटर फाइनल अन्तर्गत जर्मनी विरुद्ध स्लोभाकियाको खेलमा खेलभरि नै जर्मनी पूरै हाभी भएको थियो । जर्मनीले स्लोभाकिया विरुद्ध सजिलै ३–० को जित हासिल गरेको छ ।

germany1

आठौं मिनेटमा जर्मनीका बोटेङ्गले गोल गरी जर्मनीलाई १–० को अग्रता दिलाए । जर्मनीका क्रुसले कर्नर किक प्रहार गरेकोमा बल बाउन्स भएर जर्मनीका बोटेङ्गलाई गोल गर्ने अवसर मिलेको थियो ।

खेलको १३औं मिनेटमा स्लोभाकियाका स्केरटेलले आफ्नो डी एरियामा फउल गर्न पुगेर जर्मनीलाई पेनाल्टीको अवसर प्रदान गर्न पुगे । १४औं मिनेटमा जर्मनीका ओजीलले हानेको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर कोजासिकले बचाउ गर्दै जर्मनीको अग्रतालाई दोब्बर हुनबाट रोके ।

germany3

slovakia1

पहिलो हाफको ४१औं मिनेटमा स्लोभाकियाका पेकारिकले दिएको पासलाई कुकाले हेड मार्फत जर्मनीविरुद्ध गोल गर्न खोजेको थियो तर त्यसलाई जर्मनीका गोलकिपरले पन्च गरेर बचाए ।

slovakia2

जर्मनीका ड्राक्सलरले स्लोभाकियाको डी एरियामा स्लोभाकियाका खेलाडीहरूलाई छलाउँदै बल पास गर्दा जर्मनीका गोमेजले त्यसलाई गोलमा परिणत गर्न सफल भए । यसरी पहिलो हाफमा जर्मनी २–० को अग्रता लिन सफल भए ।

germany4

स्लोभाकियाले ५७औं मिनेटमा फ्रि किक पाएको थियो, तर स्लोभाकियाका कुकाको फ्रि किक प्रहार गोल पोष्ट माथिबाट बल गएको थियो ।

खेलको ६३औं मिनेटमा जर्मनीका जुलियन ड्रेक्सलरले स्लोभाकिया विरुद्ध गोल गरी जर्मनीलाई ३–० को अग्रता दिलाए । उक्त गोल क्रुक्सले प्रहार गरेको कर्नर किक जर्मनीका अर्का खेलाडी हम्मेल्सले बललाई ड्रेक्सलरलाई पास गर्दा सम्भव भएको हो ।

germany6

Leave a Reply

Your email address will not be published. Required fields are marked *