नेपाल राष्ट्र बैंकले सोमबार १२ सय ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : December 18, 2016 | 1:25 pm

काठमाडौँ, ३ पुस । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १२ सय ५० दशमलब ५७५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिने ८२३ करोड रुपैयाँ, १८२ दिने २६५ दशमलब ०७५ करोड रुपैयाँ र ३६४ दिने अवधिको १६२ दशमलब ५०० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यी ट्रेजरी बिल परिपक्व हुने अवधि ९१ दिनेको २०७३ चैत ८ गते, १८२ दिनेको २०७४ असार ६ गते र ३६४ दिनेको २०७४ पुस ४ गते रहेको छ ।

राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *