सनराइज बैंकद्वारा शेल्टर आश्रय नेपाललाई सहयोग

Post Date : April 26, 2018 | 5:48 pm

काठमाडौँ, १३ वैशाख । सनराइज बैंक लिमिटेडले सडक तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आइरहेको गैर सरकारी संस्था शेल्टर आश्रय नेपाललाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५००,०००।– नगद सहयोग प्रदान गरेको छ । उक्त संस्थाको नेतृत्वमा रसियाको मस्कोमा हुन गइरहेको अठार वर्ष मुनिका सडक तथा असाहाय बालबालिकाको विश्वकपमा ९ जना नेपाली खेलाडीहरुले सहभागिता जनाउँदैछन् । सो खेलमा उनीहरुको सहभागिताका साथै शेल्टर आश्रयमा आश्रित सम्पूर्ण बालबालिकाको उचित स्याहार–सुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकासका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको प्रधान कार्यालय, गैह्रीधारामा एक समारोह बिच प्रदान गर्नुभएको जानकारी बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *