जनता बैंक नेपाल लिमिटेड र माछापुच्छ्रे बैंक गाभिने (मर्ज) प्रक्रिया हुन सकेन

Post Date : April 12, 2016 | 8:42 am

जनता बैंक नेपाल लिमिटेड र माछापुच्छ्रे बैंकबीच एक आपसमा गाभिने (मर्ज) प्रक्रिया तोडिएको छ । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिइसकेको थियो ।

शेयर अनुपातमा माछापुच्छ्रे बैंकको एक कित्ता शेयर बराबरको मूल्य एकसय रुपैया र जनता बैंकको पैंतालिस रुपैया स्वाप रेसियो कायम भएमा मात्रै मर्जर प्रक्रिया अगाडि बढाउन माछापुच्छ्रे बैंकमा ५१ प्रतिशत शेयरधनीले लिखित अनुमति दिएको स्रोतको भनाई रहेको छ । यसलाई जनता बैंकले स्वीकार नगरेपछि मर्जर प्रक्रिया अगाडि बढ्न सकेन र तोडिएको छ ।

जनता बैंकले आफ्नो शेयर प्रति कित्ता ८२ रुपैया र माछापुच्छ्रे बैंकको एकसय नौ रुपैया स्वाप रेसियो कायम गर्न प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *