सिद्धार्थ डेभलपमेन्ट बैंकको १० बराबर ६ को हकप्रद शेयर

Post Date : January 17, 2017 | 1:37 pm

काठमाडौँ, ४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गर्नु भएको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २ करोड ७० लाख पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *