त्रिवेणी विकास बैंकको शाखा कुन्तावेशीमा

Post Date : February 22, 2017 | 2:47 pm

काठमाडौँ, ११ फागुन । त्रिवेणी विकास बैंकले काभ्रेपलान्चोक जिल्लाको कुन्तावेशीमा रहेको एक्स्टेन्सन काउण्टरलाई शाखा कार्यालयमा स्तरवृद्धि गरेको छ । उक्त काउण्टर २०६८ सालमा संचालनमा ल्याएको थियो । शाखाको उद्घाटन बैंकका अध्यक्ष लंकबहादुर के.सी.ले गर्नु भएको छ ।

यो शाखासहित बैंकको शाखा संख्या २७, एक एक्सटेन्सन काउण्टर र दुई सीमित बैंकिङ इकाई पुगेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्म ९ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ८ अर्ब १ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरी ११ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको निस्क्रिय कर्जा २ दशमलब ५९ प्रतिशत रहेको छ भने कर्जा÷निक्षेप अनुपात ७८ दशमलब ९५ प्रतिशत छ ।

बैंकको चुक्ता पूँजी १ अर्ब ३५ करोड १९ हजार ७ सय नब्बे रुपैयाँ र जगेडा कोषमा २६ करोड ४२ लाख ११ हजार ५ सय ८० रुपैयाँ रहेको छ । बैंकले मर्जरका लागि जनता बैंक नेपाल लिमिटेडसँग २०७३ कार्तिक १२ गते सैद्धान्तिक सहमति गरिसकेको छ । दुवै बैंकको स्वाप रेसियो १ शेयर बरबर १ नै हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *