शेयरबजारमा १.३६ अंकले गिरावट, कारोवार रकममा भने वृद्धि

Post Date : June 30, 2016 | 4:09 pm

काठमाडाैं, १६ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.३६ अंकले घटेर १७२३.२३ बिन्दुमा पुगेको छ । कुल ६५१५ कारोवारबाट २३ लाख २७ हजार ४६४ कित्ता शेयर किनबेच भई १ अर्ब ७५ करोड ४४ लाख ६२० रुपैयाको कारोवार भएको छ ।

अाज वाणिज्य बैंक, होटल, जलविद्युत र उत्पादन समूहहरुको कारोवारमा गिरावट अाएकाे छ । वाणिज्य बैंकहरुको १३.७३ अंकले घटेर ४७ करोडभन्दा बढीको कारोवार गरेको छ । हाेटल समूहको ३.११ विन्दुले घटेर साढे ४१ लाखको कारोवार भएको छ । जलविद्युत कम्पनीहरुकोे २४.१९ अंकले घटेर ८ करोड रुपैयाभन्दा बढीको कारोवार भयो ।

बीमा कम्पनीहरुको सबैभन्दा बढी ६८.६७ अंकले बढेर करीब ५७ करोड रुपैयाको कारोवार भयो भने विकास बैंकहरुकाे ३७.३९ अंकले बढेर ४० करोड रुपैयाभन्दा बढीको कारोवार भयो ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १८कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल ग्रामिण विकास बैंक लिमिटेडको ९ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *