द्वन्द्वकालमा विस्थापित सरकारी बैंकका शाखा पुनर्स्थापना भएनन्

Post Date : February 3, 2017 | 1:16 pm

काठमाडौँ, २१ माघ । सशस्त्र द्वन्द्वकालमा विस्थापित शाखा पुनर्स्थापना हुन सकेका छैनन् । द्वन्द्वकालमा सरकारी तीनवटा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका ३ सय १८ वटा शाखा विस्थापित भएका थिए । त्यसमध्ये हालसम्म १ सय ४९ वटा शाखा मात्रै पुनर्स्थापना भई संचालनमा आएका छन् र १ सय ६९ वटा शाखा खोल्न अझै बाँकी रहेको छ । विस्थापित शाखामध्ये नेपाल बैंकको १ सय १ शाखा, राष्ट्रिय वाणिज्य बैंकको ५३ वटा शाखा र कृषि विकास बैंकको १५ वटा शाखा खोल्न बाँकी रहेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७१।७२ को मौद्रिक नीतिमा द्वन्द्वकालमा विस्थापित सरकारी बैंकको सबै शाखालाई पुनर्स्थापना गर्ने घोषणा गरेको थियो । तीनवटै सरकारी बैंकले घोषणा अनुसार शाखा खोल्ने बारे योजना नेपाल राष्ट्र बैंकलाई बुझाएका थिए ।

नेपाल राष्ट्र बैंकमा बुझाएको योजना अनुसार विस्थापित शाखा अहिलेसम्म पुनस्र्थापना गर्न सेकका छैनन् । सम्भाव्यता अध्ययन, सुरक्षा लगायतका कुरालाई अघि सारेर ढिलाई भइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *