नबिल फाउण्डेसनद्वारा नुवाकोटका ५ विद्यालयमा शैक्षिक सामाग्री वितरण

Post Date : February 6, 2018 | 4:49 pm

नुवाकोट, २३ माघ । नबिल बैंकद्वारा प्रवर्द्धित नबिल फाउण्डेसनले शिवपुरी गाउँपालिका वडा नं. २, नुवाकोट स्थित ५ वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हालै नुवाकोटमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका कर्मचारीले करिब ३८० बालबालिकाहरूलाई स्कुल ब्याग, कापी, कलम, सिसाकलम आदि शैक्षिक सामाग्रीहरू वितरण गर्नु भएको थियो । सो कार्यक्रम श्री मानव धर्म सेवा समिति युवा संगठनको पहल तथा सक्रिय सहभागितामा शिवपुरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रुद्र गुरुङ्गको प्रमुख अातिथ्य सम्पन्न भएको थियो ।

नुवाकोट स्थित श्री बोर्लाङ्ग भुमे निम्न माध्यमिक विद्यालय, श्री शान्ति बुद्घ आधारभूत प्राथमिक विद्यालय, श्री शिवपूरी महादेव आधारभूत विद्यालय, श्री नवदिप ज्योति आधारभूत विद्यालय र श्री चाँपावोटे आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक विकासमा योगदान पुरयाएकोमा ती सबैे विद्यालयहरूका प्राचार्यहरूले नबिल फाउण्डेसनलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले पनि शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *