नबिल बैंकका थप ५ नयाँ शाखाहरु स्थापना

Post Date : May 16, 2018 | 6:14 pm

काठमाडौँ, २ जेठ । नबिल बैंकले हालै आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८; तिला गाउँपालिका, जुम्ला वडा नं. १; बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५; वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरी पाँच वटा नयाँ शाखाहरुमा २०७५ वैशाख ३० गतेबाट बैंकिङ्ग कारोबार सुरु गरेको जानकारी प्रेस विज्ञप्ती मार्फत दिएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको नीति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनतम रुपले परिपूर्ति गर्ने तथा सँधैं उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता अनुरुप बैंकले देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगेको जनाएको छ ।

नबिल बैंकले ६७ वटा शाखाहरुको बृहत सञ्जाल, १११ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगै अघि बढ्ने विश्वास लिएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *