नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त

Post Date : September 18, 2016 | 9:12 pm

काठमाडौं, २ असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त हुनु भएको छ ।

बैंक व्यवस्थापन समितिले २०७३ असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उनी २०७२ पुस १४ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रही कार्य गरिरहनु भएको थियो । बैंक व्यवस्थापन समितिले उहाँलाई सो कार्यभार सुम्पेको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्जको अन्तिम चरणमा छ । नेपाल राष्ट्र बैंकबाट मर्जको अन्तिम स्वीकृति प्राप्त भएमा यही असोज ३० गते एकीकृत कारोवार गर्ने तयारी गरिरहेको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताउनु भयो ।

यी चार विकास बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा गाभिएपछि चुक्ता पूँजी ५ अर्ब ६६ करोड रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *